November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

बराबरीमा रोकियो युभेन्ट्स

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा युभेन्ट्स लाजियोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकिएको हो । खेलको दशौँ मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । 

खेलको ३६ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए । 

Advertisement

तर, खेलको ५१ औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा आयो ।

त्यसपछि खेलको इन्जुरी समयमा सेर्जिज साभिकले गोल गर्दै लाजियोलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै युभेन्ट्सले ३७ खेलमा ७० अंक जोडेको छ ।

युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।

लाजियो ६३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।