November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

काठमाडौं । बारा, निजगढ नगरपालिका–११ रतनपुरबाट १ थान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाईप २ थान, रड र नक सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुंवर र २० वर्षीय शिव कुंवर रहेका छन् । दुवै जनाले हातहतियार बोकी गाउँघरमा हिडिरहेका भन्ने खबर प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मुगु, खत्याड गाउँपालिका–७ स्थित रामतडी बजारबाट पनि १ थान कटुवा पेस्तोल सहित सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय अर्पन बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।