November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

इलामको सूर्योदय नगरपालिका मेयरमा एकीकृत समाजवादी र उपमेयरमा काँग्रेस विजयी

काठमाडौं । इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस र उपमेयरमा काँग्रेसको उम्मेदवार विजयी भएको छ । निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गाकुमार बरालले ११ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।

Advertisement