November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा मा‌ओवादी केन्द्रका उम्मेदवार निर्वाचित

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपमेयरमा मा‌ओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका छन् । 

मेयरमा निर्वाचित नेपाली काँग्रेस उम्मेदवार यादव ४ हजार ३ सय ४ मत प्राप्त गरेर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मेयरका उम्मेदवार अनिलकुमार यादवलाई २ सय १० को मतान्तरले पराजित गरेका छन् । पराजित अनिलकुमार यादवले ४ हजार ९४ मत प्राप्त गरेका थिए ।

यस्तै, उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी उम्मेदवार शोभादेवी साहले ३ हजार ३ सय ३० मत प्राप्त गरिन् । यसैगरी एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ७ सय ९७ प्राप्त गरेका थिए । उपमेयरमा जनता समाजवादीका उम्मेदवार जीवछ यादवले २ हजार ७ सय ११ मत प्राप्त गरेका थिए ।
यो नगरपालिकामा राजनीतक दलहरू छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा थिए ।

Advertisement