November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा काँग्रेसका मोहनबहा बस्नेत निर्वाचित

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् । नि-वर्तमान मेयरसमेत रहेका बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले ८ हजार ३६८ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २४६९ मत पाएका छन्।

उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेकी उम्मेदवार सुशिला अधिकारीले ९४७४ मत ल्याएर विजयी भइन्।

Advertisement

उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २७५३ मत पाइन्। काँग्रेससँग गठबन्धन गरेको नेकपा समाजवादीका कृष्णहरि खत्रीले २१२६ मत पाए।