काठमाण्डौं । स्थानीय चुनावमा निकै नै चाख दिइएको उपमहानगरपालिकाहरुमध्ये हेटौडा उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार नगर प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी एकीकृतकी मीना कुमारी लामाले २१३८८ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका अनन्त प्रसाद पौडेलले १९७०१ प्राप्त गरे ।
उपमेयरतर्फ भने नेपाली कांग्रेसका राजेश बानियाँले २६४४६ प्राप्त गरे । उपमेयरका लागि एमालेकै सुमित्रा काफ्ले १९२०२ गरिन् । प्रभावशाली कम्युनिस्ट नेता बिरोध खतिवडा एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गर्नु नै हेटौडामा एमालेको पराजय मानिएको छ ।
नवनिर्वाचित नगर प्रमुख मीना कुमारी लामा अघिल्लो निर्वाचनमा एमालेबाटै हेटौडा नगर उपप्रमुख भएकी थिइन् ।
राप्रपाका नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापाको गृहनगर हेटौडामा राप्रपाका दीपकबहादुर सिंहले १९१३७ प्राप्त गरे ।