November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

घरबाट बेपत्ता भएकी एक युवती मृत फेला

काठमाडौं । पाल्पामा घरबाट बेपत्ता भएकी एक युवती मृत फेला परेकी छन् । जिल्लाको रम्भा  गाउँपालिका–३ अमिले बस्ने वीरबहादुर दर्जीकी २२ वर्षीया छोरी अस्मिता दर्जी घरबाट बेपत्ता भएको झण्डै एक महिना पछि मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी गत वैशाख ११ गते विहान करिव १० बजेतिर घरबाट निस्केकी थिइन् । वेपत्ता भएलगत्तै उनका परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । उनको शव शनिबार कालिगण्डकी नदि किनारमा फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement