काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज सम्पर्कविहीन भएर दुर्घटना भएको आशंका गरिएको मुस्ताङको थासाङ गाउँपालिकामा अहिले हावाहुरीसहित पानी परिरहेको छ।
जहाज यतै दुर्घटनामा परेको आशंका गरे पनि मौसमको कारणले केही गर्न नसकेको थासाङ गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले बताए।
उनले भने, ‘हावाहुरी चलेर बादल मडारिएर पानी परिरहेको छ। जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ हामीले दुर्घटना भएको आशंका गरेको छौँ। तर मौसमको कारणले हामीले केही गर्न सकेको छैनौँ।’
स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर नेपाली सेना र प्रहरीको टोली त्यसतर्फ खटिएको छ। त्यस क्षेत्रमा अरु बेलामा पनि बादल मडारिएर पानी परिरहने उनको भनाइ छ।
१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार छन्।