November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सलाहलाई प्लेयर अफ द इयर अवार्ड

काठमाडौं । लिभरपुलका मोहमद सलाहले पीएफए फ्यान्स प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।

इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

२९ वर्षीय सलाहले समर्थकको सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड हात पारेका हुन् ।

Advertisement

सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए ।

प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा उनले २३ गोल गरेका थिए ।

सलाहले यस सिजन गोल अफ द सिजन अवार्ड जितेका थिए ।

त्यस्तै सलाहले  ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड समेत हात पारेका छन् ।