November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सेतुकाे सालिक ताेडफाेडमा संलग्नलाई कडा कारबाहीको माग

धरान । जनता समाजवादी पार्टी नेपाल, शिल्पी विशेष समिति प्रदेश १ ले नेपालगञ्जमा अवस्थित सहिद सेतु विककाे सालिक ताेडफाेडमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

समितिका प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिजले प्रेस विज्ञप्ति जारी गरि राजावादीहरुकाे उक्त हर्कतकाे घाेर निन्दा एवम् भर्त्सना गरेका छन् ।

यस घटनाले सिङ्गाे ७० लाख शिल्पी/दलित समूदायकाे आस्थामाथि प्रहार भएकाेले निन्दनीय र अक्षम्य भएकाे ठहर गर्दै राज्यले दाेषीहरुलाई हदैसम्मकाे कारबाहि नगरे वा कुनै पनि शक्तिकाे आडमा याे वा त्याे बहानामा दाेषीलाई उन्मुक्ति दिईएमा त्यसका विरुद्ध कडा प्रतिराेध गर्ने र प्रतिराेधबाट उत्पन्न हुने परिणामकाे सम्पूर्ण जिम्मेवारी राज्य र सम्बन्धित पक्षले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

समितिले अति उच्च अहंकारवादी, हिन्दु आतङ्ककारी, मनुवादी चिन्तनबाट ग्रसित रहेको आरोप सहित राजावादीहरुकाे समूहलाई राज्य विरुद्धकाे अपराध अन्तर्गत मुद्दा दर्ता गरि हदैसम्मकाे कारबाहिकाे माग गरेकाे छ ।