November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपाल ८ रनमा अलआउट, युएई ७ बलमै विजयी

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई युएईले १० विकेटले हराएको हो ।

नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो।युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३ रन अविजित रहिन्  ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन ।

Advertisement

अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए ।

युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।छनोटमा नेपालको यो पहिलो हार हो । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो।

युएईको भने यो लगातार दोस्रो जित हो ।  पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ ।  त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार  मलेसियाविरुद्ध खेल्नेछ ।