रुपन्देही । १४ वर्षीया बालिकालाई सामुहिक बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका–१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीलाई खबर प्राप्त भएको थियो । घटनामा संलग्न हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।