काठमाडौं । हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३
कालिमाटी बस्ने बारा पचरौता नगरपालिका– ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवार रहेका छन् ।
काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको पनि प्रहरीले जनाएको छ ।