November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

वैज्ञानिकसहितको टोली सिसडोल जाँदै

काठमाडौं । दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोली आज नुवाकोटको सिसडोल जाँदैछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न सिसडोल जान लागेको हो ।

टोलीले सिसडोलबाट निस्किएको लिच्चड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने जनाइएको छ ।

Advertisement

यस्तै टोलीले त्यहाँबाट निस्किएको लिच्चडले पानीमा गरेको असरबारे अध्ययन गर्न ३ सय मिटर, ६ सय मिटर, १ किलोमिटर, २ किलोमिटर र ३ किलोमिटरको दुरीबाट पानीको नमूना संकलन गर्नुका साथै त्यहाँबाट निस्किरहेको ग्याँसबारे पनि अध्ययन गर्ने पनि जनाइएको छ ।