काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा मृत भेटिएका युवक र युवतीको पहिचान खुलेको छ । सोमबार दिउँसो जंगलमा मृत भेटिएका युवक मकवानपुर र युवती दाङकी भएको खुलेको हो ।
प्रहरीका अनुसार जंगलमा एकै ठाउँमा भेटिएको शव मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमालको रहेको खुलेको हो । उनीहरुको साथमा भएका मोवाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको प्रहरीले बताए ।
शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएको र घटनास्थल हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र पोष्टमार्टम रिपोर्टपछि थप पुष्टि हुने प्रहरीले जानकारी दिए ।