November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

अनिभा खडायत हत्या प्रकरण: यौनसम्बन्ध, विवाद अनि हत्या

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका बारिलमा महिलालाई हत्या गरी जलाइएको घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको छ ।

अहिलेसम्मको अनुसन्धानबाट घटनामा भोजराज खडायतको मात्र संलग्नता रहेको पत्ता लागेको प्रहरीले बताएको छ । यसअघि तीनजना संलग्न भनिएकोमा एकजना मात्र संलग्न भएको देखिएको प्रहरीले जनाएको हो ।

घटनाको अनुसन्धानका क्रममा अनिभासँग भोजराजले शारीरिक सम्बन्ध राख्ने गरेको समेत अनुसन्धानबाट खुलेको स्रोतले बताएको छ । बुधबार विहान पनि अनिभालाई डाकेर भोजराजले शारीरिक सम्पर्क गरेको र विवादपछि हत्या गरेको बयानमा भनेको बुझिएको छ ।

Advertisement

ढुङ्गाले हानेर हत्या गरेपछि अनिभाकी छोरी गौमतीसँग जम्काभेट भएको र प्रमाण मेटाउन आगो लगाएको बयानमा भनेका छन् । घटनाको अनुसन्धानबाट खुलेका तथ्यहरुबारे जानकारी दिइने बताए ।

अनिभाको पतिको मृत्यु भएको ७ वर्ष भएको थियो । घरमा दुई छोरी मात्र थिए । एक छोरीको विवाह भएको र छोरा कामको सिलसिलामा बैंगलोरमा थिए ।

घटनामा पक्राउ परेका भोजबहादुर खडायत बुधबार विहान ३ बजे अनिभा खडायतको घरमै पुगी बोलाएका थिए । भोजबहादुरले बोलाउँदा अरु दुई जना पुरुषहरु पनि रहेको र आमा बाहिर गएको १६ वर्षीया छोरी गौमती खडायतले प्रहरीसँगको बयानमा भनेको भनिएपनि एकजना मात्र संलग्न रहेको प्रहरीले जनाएको छ ।