November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

विश्व शान्तिको निम्ति भियनामा नेपालीहरुद्वारा प्रार्थना

अष्ट्रियाको राजधानी भियनामा आयोजित स्थानीय सरकारी र गैर सरकारी संघ संस्थाहरुको बृहत मेलाको दौरान नेपालीहरु द्वारा विश्व शान्तिको कामना गर्दै भगवान गौतम बुद्धको प्रार्थना गरेका छन्। भियना नगरपालिका मुख्य आयोजक रहेको मेलामा सांस्कृतिक झाँकीहरु, नृत्य तथा खेलकुदको बारेमा प्रस्तुति रहेको थियो।
”बुद्दम शरणम गच्छामी ” मन्त्र वाचनको साथ् प्रार्थना गर्ने कार्यक्रमको संयोजन शेखर लामा र निलम सिन्चुरीले गरेका थिए। सिन्चुरीका अनुसार, मेला आयोजक समितिका सदस्यहरु विश्व शान्ति प्रार्थनाबाट अति प्रभावित भएका र भियना नगरपालिकाले आयोजना गर्ने भविष्यका कार्यक्रमहरुमा समेत प्रार्थनाको कार्यक्रम लिएर उपस्थित हुनको निम्ति आग्रह गरेका छन्।
पुनम पौडेल , कन्चन बोहरा , बिध्या टन्डन, ग्लोरिया रैनर, आत्मिक रजत, प्रणव ढुङ्गाना द्वारा नृत्य प्रस्तुति र प्रार्थना गर्ने कार्यक्रमको उद्घोसन सिद्दु कुमार गान्धीले गरेका थिए। गान्धीले स्थानीय जर्मन भाषामा नेपाल र नेपाली कला संस्कृति साथै भगवान गौतम बुद्धको जन्म नेपालमा भएको बारेमा संक्षिप्त रुपमा वर्णन समेत गरेका थिए।

कोरोनाले गर्दा लामो समय प्रभावमा रहेको अष्ट्रियाको मुख्य शहर भियना भर्खर मात्र सामान्य बनेको हो।

Advertisement