November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

धनकुटामा करेन्ट लागेर लक्ष्मण लिम्बुको मृत्यु

हिले । धनकुटामा करेन्ट लागेर एक युवकको मृत्ये भएको छ । छथरजोरपाटी गाउँपालिका–१ हातिखर्कमा बस्ने २९ वर्षीय लक्ष्मण लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय शम्भु लिम्बूको घरमा बिजुली बिग्रिएको कारण बिजुली बनाउँन पोलमा चढेका उनको मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement