November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

नाडाल विम्बल्डनको तेस्रो चरणमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेको छ ।

दोस्रो वरियताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३  को सेटमा जित निकाले । ३६ वर्षीय नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता  नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् । महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

Advertisement

इगाले नेदरल्यान्ड्सकी लेस्ली पट्टिनामा केरखोवलाई ६-४, ४-६ र ६-३ ले पराजित गरिन् । यस्तै रोमानियाकी सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

सिमोनाले बेल्जियमकी किर्स्टेन फ्लिपकेन्सलाई ७-५ र ६-४ ले  हराईन् ।