November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

नुवाकोटको ककनीमा प्रकाश दाहालको शालिक निर्माण

काठमाडौं । नुवाकोटको ककनीमा प्रकाश दाहाल (साकार) को शालिक निर्माण गरिएको छ । सगरमाथा आरोहण गरेका प्रकाशको शालिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनावरण गरेका थिए ।

नेपाल पर्वतारोहण संघले निर्माण गरेको शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो ।

२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, बिना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुयालले सगरमाथाको सफल आरोहण गरेका थिए ।

Advertisement

प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनी समेत अंकित छ ।