November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ

विराटनगर । श्रीमतीमाथि आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजार बस्ने तिलका मल्लिक रहेका छन् ।

३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको आरोप उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति १० बजे तिलका र बबिताबीच घरायसी विवाद भएको थियो । त्यसक्रममा तिलकाले बबितामाथि मट्टीतेल छर्केर आगो लगाएर भागेका उनलाई खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

Advertisement

आगो लागेर घाइते भएकी बबिताको उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । उनको शनिबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीमाथि आगो लगाउँदा घर भित्रका लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।