काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताए । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुंवरले युवालाई स्वादेशमै रोजगारी सृजना गर्न पहल गर्ने बताएका हुन् ।
देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए । जोश जागर र देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको तर्क थियो ।
अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफूले सम्हालेको जिम्मवारी पुरा गर्नका लागि सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरे । यस्तै, सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरे ।