विराटनगर । मोरङ प्रहरीले अबैधरुपमा खोला जन्य बस्तु उत्खनन गरिरहेका ९ वटा सवारी साधन सहित चालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङको केराबारी–८ को खदम खोला, केराबारी–७ को मुगु खोला, सुन्दरहरैचा–५ को बुढीखोला र बेलबारी–२ को लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन गरिरहेको अवस्थामा ४ वटा टिपर, ४ ट्याक्टर, एउटा जेसिवि र तिनका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका ९ वटै सवारी साधन सहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।