काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।
बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरी काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको भन्ने जवाफ दिएकोले यसमा अर्थमन्त्री शर्माको बदनीयत देखिएको उनीहरूको भनाइ छ ।
अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग गर्दै आज सिंहदरबारनजिकै युवा संघले प्रदर्शन गरेका हुन् ।