November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौं । लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि पटकपटक यौन दुर्व्यवहार गरेको चितवनका एक लेखकले आरोप लगाएकी छन् ।

शनिबार साँझ फेसबुक लाइभमार्फत पीडित लेखकले पुस्तक सम्पादनका क्रममा संगीतकै कोठामा पुगेको र पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र विहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको भन्दै उनले बताइन् । ‘मैले सोच्नै सकिनँ । म कोठाबाट बाहिर गएँ ।’, उनले भनिन् ।

दिनमा केहि व्यक्तित्वहरुसँग भेट गरेर आएपछि साँझ फेरि कोठामा पुस्तकको काम गरेको उनले सुनाइन् । काम सकेर एक छिन कुराकानी गर्ने क्रममा संगीतले आफ्नो हातको चुरा समाएको र गालामा चुम्बन गरेको उनले आरोप लगाइन् ।

Advertisement

पीडित लेखकको फेसबुक लाइभ भिडियो यहाँ हेर्न सकिन्छ ।