November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

भक्तपुरकी गोमाले तोडिन् टेबल टेनिस बल प्रहारको विश्व कीर्तिमान

काठमाडौं : विश्व रेकर्डमा दर्ता भएको एक मिनेटमा टेबल टेनिस प्याडल (ब्याट) प्रयोग गरेर सबैभन्दा बढी २४१ पटक गरेको प्रहारको कीर्तिमान भक्तपुरकी खेलाडीले तोडेकी छन्।

सन् २०१३ जनवरी ११ मा काठमाडौंकी अम्बिका निरौलाले एक मिनेटमा टेबल टेनिस प्याडल (ब्याट) प्रयोग गरेर सबैभन्दा बढी हिट २४१ पटक गरेकी थिइन्। मोस्ट अल्टरनेट हिट्स युजिङ अ टेबल टेनिस प्याडल इन वन मिनट शीर्षकमा यसअघि कायम विश्व कीर्तिमान भक्तपुरकी गोमा सापकोटाले तोडेकी हुन्। उनले एक मिनेटमा २४९ पटक बल प्रहार गरेकी छन्।

गिनिज वर्ल्ड रेकर्डमा उक्त शीर्षकमा २४१ पटक बल प्रहार दर्ता भएको छ। गोमाले साबिक रेकर्डभन्दा ८ पटक बढी सोही अवधिमा बल प्रहार गर्न सफल भएर नयाँ कीर्तिमान बनाएकी छन्।

Advertisement