काठमाडौं । कर्मचरीलाई कुटपिट गरेको आरोपमा ‘सुन मान्छे’का रुपमा चिनिएका सुवास घिसिङ पक्राउ परेका छन् । धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का बसोवास गर्दै आएका उनलाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।
फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार समेत रहेका घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरेको प्रहरीले जनाएको छ ।
एक्कासी श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको छ ।