November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

न्यूयोर्कमा ‘युएस नेपाली खबर डटकम’को उद्घाटन, खोज पत्रकारितामा जोड दिने

न्यूयोर्क। अनलाइन पत्रीका ‘युएस नेपाली खबर डटकम’को उद्घाटन भएको छ । प्रस्तावित इङघङ मिडिया प्रा.ली.द्धारा संचालन हुने उक्त पत्रीकाको शनिबार न्यूयोर्क सहरस्थित चुम्लुङको कार्यलयमा समुद्घाटन गरिएको हो ।

विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष युएस नेपाली खबर डटकमका प्रधान सम्पादक टंक सेलिङले गरेका थिए ।

समुद्घाटन गर्दै प्रमुख अतिथि गौतमले स्रोतसहितको समाचर लेख्न र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित पत्रकारिता गर्न सुझाए ।

Advertisement

नेपाल र युएसबाट संचालन हुने उक्त अनलाइनका प्रबन्ध निर्देशक बिबश बेनाम रहेका छन् । यस्तै, प्रधान सम्पादक टंक सेलिङ, सम्पादक सेसेफुङ सेर्मा, नेपालका लागि सम्पादक सन्देश सुब्बा र संवाददाताहरु रोहित आङ्बो, सुनिल आङ्बो, संगीता सुहाङ र मञ्जु थेगिम रहेका छन् ।

अनलाइनका प्रबन्ध निर्देशक बिबश बेनामले विशेष गरी खोज पत्रकारिता, निम्न वर्ग र न्यायसंगत पत्रकारितामा जोड दिने बताए ।

कार्यक्रमका तस्वीरहरु ।