November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भोजपुर हतुवागढीमा नियन्त्रित लागूऔषध सहित दुईजना पक्राउ

भोजपुर । भोजपुरमा नियन्त्रित लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका–९ गैरीगाँउबाट नियन्त्रित लागूऔषध ३४ ट्याब्लेट ट्रामाडोल, ३४ थान स्पासेन र करिब ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हतुवागढी गाउँपालिका–८ पात्लेपानी बस्ने २५ वर्षीय सुमोत राई र सोही ठाउँ बस्ने ४३ वर्षीय भक्त बहादुर थापा रहेका छन् । धरानबाट आफ्नो घरतर्फ जाँदै गरेका उनीहरूलाई प्रहरी चौकी हसनपुरबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएाको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement