November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

संसदीय छानबिन विशेष समितिले भोली पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने

काठमाडौं । संसदीय छानबिन विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछको लागि उनलाई बोलाउने भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए ।

सचिव अर्यालले संसदले दिएको १० दिनको समय अवधि सकिँदै लाग्दा समितिको म्याद थपको सन्दर्भमा छलफल भएको तर समितिले निर्णय भने नगरेको बताए ।

Advertisement

यसैगरी समिति संयोजक लक्ष्मणलाल कर्णले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल गर्ने बताए । उनले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने पनि बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिनमात्रै बाँकी छ ।