भोजपुर । भोजपुरको हतुवागढीमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका–२ पूर्णेबजार बस्ने २७ वर्षीय दिकपाल राईलाई १ थान भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दिकपाल राईले वादविवादको कारण सोही ठाउँ बस्ने २८ वर्षीय बिश्वहाङ राईलाई भरुवा बन्दुकले प्रहार गर्दा बन्दुकको छर्रा लागेर घाइते भएका थिए । उनलाई बन्दुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य चौकी घोडेटार हुँदै धरान घोपा अस्पतालमा थप उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिए ।