July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

मोरङ र सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु

काठमाडौं । मोरङमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । पैनीमा खेल्ने क्रममा १९ महिनाको बालिकाको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार पथरी शनिश्चरे नगरपालिका–९ सगरमाथा चोक डेरा गरी बस्ने तेह्रथुम छथर गाउँपालिका–३ घर भएका कुमार लिम्बुकी छोरी १९ महिनाकी छोरी स्नेहा लिम्बुको बिहीबार खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबेर मृत्यु भएको हो ।

यस्तै, सुनसरी, कोशी गाउँपालिका–५ कुमियाही हुर्की टोलस्थित कुमियाही खोलामा नुहाउने क्रममा सोही ठाउँ बस्ने नजारूल हकका छोरा ९ वर्षीय नफाजल हकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको छ ।

Advertisement