काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक स्थगित भएको छ । आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको हो । बैठक समितिको बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।
समितिका सदस्यसचिव सुरेन्द्र अर्याललका अनुसार केही विषय प्राविधिक भएकोले फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भएको हो । बेलुका चार बजे बैठक बसेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिने उनले बताए ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए । सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो ।
उनका अनुसार आज बेलुकी चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्नेछन् ।