वीरगञ्ज । वीरगञ्जमा एटीएम मेसिन फुटाएर चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका बस्ने २७ वर्षीय राजकपुर चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका– ५ बस्ने २५ वर्षीय अजय चौधरी रहेका छन् ।
प्रहरीका अनुसार साउन ८ गते राति १०ः५३ बजेतिर वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध चोरी सम्बन्धी कसुरमा साउन ९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।