November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पेसागत महासंघ, अर्घाखाँचीको अध्क्षमा गुरुङ

अर्घाखाँची । पेसागत महासंघ, अर्घाखाँचीको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले बि.एच. गुरुङको अध्यक्षतामा २५ सदस्यीय पेसागत महासंघ नेपाल, जिल्ला कमिटी, अर्घाखाँचीको गठन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४४ औं स्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पेसागत महासंघ, नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अनिलचन्द्र अधिकारीको अध्यक्षता, डि.एन. वेल्बासेको स्वागत मन्तव्य र एच.बि. चौहानको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवम् पेसागत महासंघ, नेपालका केन्द्रीय सचिवालय सदस्यद्वय सीता ओझा र धरणिधर अधिकारी, पार्टी जिल्ला कमिटीका अध्यक्ष कमरेड रामबहादुर चौहान, पार्टी प्रदेश कमिटीका सदस्य, प्रदेश कमिटी सल्लाहकार परिषदका सदस्यहरु, पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, पेशागत महासंघ केन्द्र तथा प्रदेशका नेताहरु, पेसागत महासंघसँग संबन्धित जिल्लाको विभिन्न पालिकाबाट उपस्थितमा आ–आफ्ना गहन विचारहरु प्रस्तुत गरेका थिए ।

Advertisement