काँकडभिट्टा । झापामा एक बालकको डुबेर मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–४ का एक बालकको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
बुद्धशान्ति–४ का चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक बालकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।