जनकपुर । २ लाख रुपैयाँ लुटेर फरार भएका दुईजना लुटेरा जनकपुरबाट पक्राउ परेका छन् ।
विदेशबाट श्रीमान्ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।
सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम-१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लुटिएको पैसासमेत बरामद भएको छ ।