November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एन्फाको निर्णय १० खेलाडी बोलाउने, अलमुताइरीले डाके अन्जन र तेजलाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले प्रशिक्षक विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए ।

Advertisement

बन्द प्रशिक्षण छाडेका १० खेलाडीले एएफसी एसियन कप छनोट गुमाएका थिए । १० खेलाडीलाई साथ दिएको कारण कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई समेत प्रशिक्षक अलमुताईरीलाई एसियन कप खेल्ने टोलीमा राखेका थिएनन् ।

एन्फाले सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेपनि प्रशिक्षक अलमुताईरीले भने दुई खेलाडीको नाम मात्र सिफारिस गरेको छ ।

आगामी सेप्टेम्बरमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अलमुताईरीले २६ खेलाडीको सूची एन्फालाई पठाएका छन् । जसमा टिमबाट  निकालिएका अन्जन विष्ट र तेज तामाङ मात्र अटाएका छन् ।