विराटनगर । मोरङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलमा को.११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६१ वर्षीया सितादेबी ढकालको मंगलबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।