November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बालाजुको जुत्ता कारखानामा आगलागी हुँदा करिब साढे चार करोड क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित जुत्ता कारखानामा आगलागी हुँदा करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । बुधबार वान वर्ल्ड जुत्ता कारखानामा भएको आगलागी आगो स्थानीय र दमकलको सहायतामा प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रहरीलाई प्राप्त सूचना अनुसार कारखानामा विद्युत् सट भएर आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । तर, करिब साढे चार करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् ।

Advertisement

वरिपरि घरहरु भएपनि आगोले कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।