November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

संसदीय विकास समितिका सभापति खड्कासँग स्वरोजगार यातायात व्यवसायीहरूको भेट

काठमाडौं । स्वरोजगार यातायात व्यवसायीहरूको नेकपा समाजवादी स्थायी कमिटी सदस्य एवं संसदीय विकास समिति सभापति कल्याणी खड्कासँग भेटघाट भएको छ ।

छलफलमा स्वरोजगार यातायात मजदुर संगठन र मजदुरको समस्याको बारेमा छलफल भएको छ । छलफलमा बिचौलियाहरूको प्रभावमा परि तत्कालीन सरकारले पक्षपात पूर्ण ढंगले सार्वजनिक यातायातको सवारीसाधन लाई मात्र तोकिएको अव्यावहारिक २० वर्षे आयु निर्धारण खारेजी गर्नुपर्ने , गैरन्यायीक प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई बागमती प्रदेश सरकारले व्यवसायी काममा प्रयोग गर्न दिने निर्णय खारेजी लगायत यातायात मजदुर निरोधी ऐनकानुन परिमार्जन लगायत विषयमा छलफल भएको एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष रबि केसीले बताए ।

छलफलमा नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य एवं श्रम विभाग प्रमुख उर्वादत्त पन्त , एकीकृत ट्रेड युनियन महासंघ नेपाल का महासचिव दीपक पौडेल र एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष रबि केसी लगायत मजदुर नेताहरूको सहभागिता रहेको थियो ।

Advertisement