काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरीले उद्धार गरेको हो ।
प्रहरीले एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको भन्ने खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भई सो टोलीले उनको जिवितै उद्धार गरेको जानकारी दिएको छ । उनी खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला परेका थिए ।
उनको अपराह्न सवा ५ बजे उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो ।