November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवा गम्भीर घाइँते

काठमाडौं । रुपन्देहीमा अज्ञात समूहले गोली चलाउदा एक युवा गम्भीर घाइँते भएका छन् । आईतबार मध्यरातमा जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले हिजो राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।

गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Advertisement