November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नागरिकता विद्येयक फिर्ता पठाएको भन्दै तरुण दलले माग्यो राष्ट्रपतिको राजिनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संसद्मा फिर्ता पठाएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले उनको राजीनामा मागेको छ । आज तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज एक विज्ञप्ती जारी गरी राष्ट्रपति भण्डारीले गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखेको आरोप लगाएका छन् ।

‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकताविहीन नागरिकहरुलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठीत हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरु फेरी अन्धकारको भुमरीमा धकेलिएका छन् । राष्ट्रको गम्भीर र जनताको जीवनसँ जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सिमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनि राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसंग नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार आग्रह गर्दछ ।’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement