November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

माइत जान्छु भन्दै घरबाट हिँडेकी महिला पुरुषसहित होटलमा मृत फेला

बुटवल । बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । परिवारदेखि करिब एक महिना यता सम्पर्कविहीन भनिएकी ती महिला बुटवलको फूलबारीस्थित होटलमा पुरूषसहित मृत अवस्थामा फेला परेकी हुन् ।

नेपालगन्ज उपमहानगरपालिका–५ डीएसपी चोककी २४ वर्षिय पुष्पा थापा बुढाथोकी साउने संक्रान्ती मनाउन नेपालगन्जबाट माइत दाङको सतबरिया उचानिम्बु भन्ने ठाउँ जान्छु भनेर घरबाट हिँडेकी पुष्पा माइतीघरबाट नै सम्पर्कविहीन भएकी थिईन् ।

पुष्पाका श्रीमान सनसिल सिंह बुढाथोकी ४ महिना अघि मात्रै वैदेशिक रोजगारको सिलसिलामा युएई गएका छन् । घरबाट सम्पर्कविहीन भएको १ महिना भए पनि १० दिन अघि आफ्नो दुबईमा भएका श्रीमानलाई अरुको नम्बरबाट फोनबाट फोन गरेर आफू सन्चै भएको बताएकी थिइन् ।

Advertisement

प्रहरीका अनुसार युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

युवकको ठेगाना धादिङ्गको कुमपुर–५ रहेको बताइएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।