सल्यान । आफ्नै तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत रहेका छन् ।
रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित सोमबार साँझ पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।