November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

ताप्लेजुङमा दहमा डुबेर ७ वर्षीय बिबेक लिङ्देनको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा दहमा डुबेर एक बालकको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटार बस्ने रेसु लिङ्देनको ७ वर्षीय छोरा बिबेक लिङ्देनको सोही ठाउँ रहेको सेसुवा खोल्साको दहमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्कने क्रममा उक्त दहमा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको प्रहरी चौकी खेवाङले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement