भक्तपुर । मध्यपुरठिमीमा धनमाल चोरी भएको छ । नगरपालिका–२ तेर्सेटार कालीमाटी टोल डेरा गरी बस्ने प्युठान खैरा नगरपालिका–१ घर भएका ४० वर्षीय सपना थापाको कोठाबाट चोरी भएको हो ।
उनको कोठाबाट नगद १० हजार र सुनका. विभिन्न गरगहना समेत गरी करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल सोमबार
साँझ चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।