November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

राष्ट्रपतिले केहि महत्वपूर्ण विषयलाई उठाएर विधेयकलाई संसदमा फिर्ता पठाउनुभएको छ:गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिले नागरिकतासम्बन्धी उठाएका विषय महत्वपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आज नागरिकता संशोधन विधेयकमाथि धारणा राख्दै थापाले भने, ‘सम्माननीय राष्ट्रपतिले केहि महत्वपूर्ण विषयलाई उठाएर यो विधेयकलाई संसदमा फिर्ता पठाउनुभएको छ । लैंगिक समानताका दृष्टिबाट प्रसस्त छलफल र सुधार गर्नुपर्ने विशेष गरेर आमाको आत्मसम्मानको विषय जस्तो महत्वपूर्ण कुरा, स्व घोषणा गर्नुपर्ने सन्दर्भमा आमाको आत्मसम्मानमा ठेस नपुगोस् भन्ने गम्भीर कुरा उठाउनुभएको छ । केहि कुरा भने संविधान नै संसोधन गर्नुपर्ने अवस्था छ ।’

सांसद समेत रहेका थापाले वैवाहिक अंगिकृत नागरिकताका सवालमा अहिले रोके पनि नागरिकता लिन सकिने बताए । ४० वर्षदेखि यससम्बन्धी कानून नै रहेको उनको भनाइ थियो ।

Advertisement

थापाले लैंगिक समानताको विषय उठान गर्नुपर्ने भए पनि यसबारे चर्चा पनि नभएको बताए ।