November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

चिन्तनशील राजनीतिकर्मी प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । गिरि चिन्तनशील राजनीतिकर्मी रहको उल्लेख गर्दै उनको निधनबाट मर्माहत भएको सामाजिक संजालमा लेखेका छन् ।

अध्यक्ष ओली लेख्छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

७५ वर्षीय प्रदिप गिरि घाँटीको क्यान्सरबाट पीडित थिए । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे उनको निधन भएको थियो ।

Advertisement

नेपाली काँग्रेसका अनुसार गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा तथा ११ः३० देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लगिने छ ।